अथकलाई ‘समाचार किन सम्प्रेषण गरेको ?’ भन्दै धम्की, युनियनको गम्भीर ध्यानाकर्षण
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
581
Shares
काठमाडौं । नेपाल प्रेस युनियन पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य क्रियाशिल पत्रकार कमल पौडेल ‘अथक’ माथि दुर्व्यवहार गर्दै फोनमा समेत धम्की दिइएकाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘लाखौं रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगि’ शीर्षकको समाचार किन सम्प्रेषण गरेको ? भन्दै नीज महिलाका आफन्त प्रजापति पराजुलीले दुर्व्यवहार गरेको र परिचय नखुलाइएका व्यक्तिले मोवाइल नम्वर ९८५६०४०२३८ बाट फोन गरि धम्कि दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।
युनियनले प्रकाशित–प्रसारित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा अदालतमा जान सक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुर्व्यवहार निन्दनिय रहेको जनाएको छ।
‘नागरिकलाई सुसुचित गर्ने, विकृती विसंगतीको भण्डाफोर गर्ने हुन पाउने सञ्चारकर्मीको कलम रोक्ने यस खालको हर्कतको नेपाल प्रेस युनियन कड़ा शब्दमा बिरोध गर्दै दोषी माथि कडा भन्दा कडा कारवाहि गर्न माग गर्दछ’ भनी महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
युनियनले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन पनि स्थानिय प्रशासनसँग युनियन जोडदार माग गरेको छ ।