दुई तिहाईको दम्भले सरकार रमिते बन्योः उपसभापति निधी
सुनिल आउजी
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
407
Shares
धनगढी। नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधीले नेकपाको सरकारसंग दुई तिहाई बहुमत हुँदा पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उप सभापति निधीले बर्तमान सरकार लाचार अबस्थामा पुगेको बताए।
सरकाले अहिले सम्म पुँजीगत खर्च पनि गर्न सकेको छैन भने विकास निमार्णका ठूला योजनाहरु अलपत्र अबस्थामा परेका छन् उप सभापति निधीले पत्रकार सम्मेलनमा भने । दुई नम्बर प्रदेश बाहेका अन्य प्रदेशमा आफनै नेतृत्वको सरकार हुँदा पनि प्रदेश सरकारलाई अधिकार नदिएको पनि निधीले बताए।
उप सभापति निधीले नेकपाले अहिले दुई तिहाईको बहुमतको दम्भले सरकार रमिते बनेको बताए।