arrow

सिद्धार्थ र सिप्रदीलार्इ सरकारको सम्मान नै सम्मान

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
sidhharth_sipradi.jpg

काठमाडौं । सरकारले ७ वर्ष भयो धेरै करतिर्ने करदाताहरुलाई सम्मान गर्न थालेको । पहिलो दोस्रो वर्ष त्यस्तै भयो तेस्रो वर्ष व्यक्तिगत आयकर तर्फ सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्सेरले पाए । उनले सम्मान पाउन थालेपछि अहिलेसम्म नेपालमा अरु कसैले पनि व्यक्तिगत आय तर्फको उत्कृष्ट सम्मान पाउन सकेका छैनन् ।

तेस्रो कर दिवसदेखि सिद्धार्थ शम्शेरले सातौं कर दिवससम्म निरन्तर करदाता सम्मान पाएका छन् । उनी नेपालमा आयकर तर्फ धेरै कर तिर्ने करदाताको सूचीमा आफ्नै रेकर्ड तोडेका हुन् । उनको नेतृत्वमा रहेको सिप्रदी ट्रेडिङले पनि निरन्तर ४ वर्षदेखि कम्पनी तर्फको उत्कृष्ट करदाता सम्मान पाएको छ । 

आर्थिक वर्ष २०७४(७५ मा व्यक्तिगत आयको शीर्षकमा सरकारले दिँदै आएको सम्मान पाएसँगै उनले आफ्नै रेकर्ड तोड्दै पाँचपटक निरन्तर उत्कृष्ट करदाताको सूचीमा परेका हुन् । त्यस्तै, शम्शेरकै नेतृत्वमा रहेको सिप्रदी ट्रेडिङ पनि कम्पनी अन्तर्गतको उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ । सिद्धार्थ शमशेर जबरा सिप्रदी ट्रेडिङ्ग प्रा।लि का कार्यकारी अध्यक्ष हुन। 

सातौ राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर जबरा लाई आन्तरिक राजश्व विभागले उक्त सम्मान गरेको हो। सिद्धार्थ आ.व. २०६८÷६९ देखि आ.व. २०७३÷७४ सम्म लगातार ५ वर्ष उक्त सम्मान हासिल गर्न सफल भएका छन भने उनको कंम्पनि सिप्रदी पनि आ.व. २०६९÷७० देखि आ.व. २०७३÷७४ सम्म लगातार ४ वर्ष उक्त स्थान ओगट्न सफल रहेको छ। 

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष हुनुका साथै, सिद्धार्थ शमशेर जबराले नेपालमा विभिन्न किसिमका व्यवसायहरुलाई संगठित एवं विस्तारित गराउन उल्लेख्य भूमिका निर्भाह गरेका छन्। नेपाली कर्पोरेट जगतमा एक युवा आयाम मानिने सिद्धार्थ, सन् २००१ मा विश्व आर्थिक फोरम, डावोस द्वारा “ग्लोबल लिडर फर टुमरो” का रूपमा सम्मानित भएका थिए। 

राणा शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा आफुलाई एक प्रतिबद्द व्यक्तित्वका रूपमा चिनाउन सफल रही आएका छन्। नेपालका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत “हेल्प नेपाल नेटवर्क” लाई उनले व्यक्तिगत रूपमा सबै भन्दा धेरै एकल(दान प्रदान गरेका छन्। बिगत ७ वर्षमा पाचौ पटक अधिक्तम आयकर बुझाउने ताज राणाले पहिरिएका छन्। 

सिप्रदीले विगत ३७ वर्षदेखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भूमिका निर्बाह गर्दै आइरहेको छ। नेपालका लागि भारतको टाटा मोटर्स लि. को एक मात्र आधिकारिक बिक्रेता रही आएको कम्पनीले “म्याक्स लुब्रिकान्ट्स”, “मिसेलिन टायर्स”, “एक्साइड ब्याट्री”, “टाटा हिटाची” जस्ता अन्य उत्पादनहरुको पनि बिक्री तथा वितरण गर्दै आएको छ । सन् २०१७ मा आन्तरिक राजश्व विभागले नेपालमा पहिलो पटक केन्द्रीय मौद्रिक बिलिङ्ग प्रणालीलाई आत्मसाथ गर्ने र कारोबार विवरण सरकारी निगरानी प्रणालीमा ल्याउने कम्पनीको रूपमा पनि सिप्रदीलाई सम्मान गरेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ