आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु
एएफपी,
प्रकाशित २०७५ मंसिर १ शनिबार
849
Shares
बेरूत, लेबनान। अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ। मारिनेमा अधिकांश सर्बसाधारण रहेको उक्त समूहले जनाएको छ।
“इस्लामिक स्टेट (आइएस) को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा परेका ३६ परिवारमा सदस्य रहेका छन् भने मारिनेमध्यृ १७ जना कालकालिका रहेका छन्,” सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ। मारिने अन्य सात जनाको परिचय खुल्न सकेको छैन।
हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो। अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग उक्त क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ। सेप्टेम्बरमा अबु हुसनमा भएको कारबाहीमा भएको यो सबैभन्दा ठूलो हताहतीको घटना हो।
सिरियामा सन् २०११ मा शुरू भएको द्वन्द्वका कारण तीन लाख ६० हजार सिरियालीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ।