सिटी एक्सप्रेस फाइनान्सको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
431
Shares
काठमाडौं। सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आर्थिक वर्ष ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नाम परिवर्तनसंगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामबाट नयाँ लगानीकर्ताहरुको थप पूँजी लगानी गरेपश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरिएको जानकारी दिए।
उनले दक्ष कर्मचारीहरुको साथमा फानान्स अघि बढिरहेको बताउँदै गाइघाट र विर्तामोडमा दुईवटा शाखा खोलेर वित्तीय कारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराए। उक्त साधारण सभावाट संस्थाले चुँक्ता पूँजी ८० करोड पर्याउने तथा उपयुक्त रणनीतिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ। संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको जनाइएको छ।
संस्थागतग्राहकले कल तथा करेन्ट खाताखोल्न सक्ने व्यवस्था समेत मिलाएको छ। संस्थाले कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गाकर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसिद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका विभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ।