arrow

वेलबेकलाई गम्भीर चोट

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
welbeck.jpg

काठमाडौं । इंगलिश क्लव आर्सनलका खेलाडी ड्यानी वेलबेकलाई गम्भीर चोट लागेको छ । युरोपा लिग फुटबलका क्रममा वेलबेट गम्भीर चोटग्रस्त भएका हुन् । 

उनको गोली गाँठोमा गम्भीर चोट लागेको हो । खेलमा आर्सनल भने अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहीबार राति नै भएको खेलमा स्पोर्टिङ्ग दिस्बोनसँग गोलरहित बराबरीमा रोकिए पनि आर्सनलले अन्तिम ३२ मा स्थान बनाएको हो ।

यता, अर्को इंगलिस क्लव चेल्सी युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहीबार राति अवे मैदानमा भएको खेलमा बाटे बोरिसोभलाई १–० ले हराउँदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिरुले गरेको गोल नै निर्णायक बन्यो । जिरउडले ५२ औँ मिनेटमा विजयी गोल गरेका हुन् । जिरुले गएको मे यता पहिलो गोल गरेका हुन् ।

5952698-6369347-image-m-2_1541713453339.jpg5949998-6369347-image-a-54_1541709572654.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ