अर्घाखाँची मैदानका वडा सदस्य टिका रास्कोटी चरेस तस्करीमा
एमालेबाट निर्वाचित चरेस कारोवारी रास्कोटी सहित २ प्रहरी नियन्त्रणमा
घनश्याम पौडेल,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
874
Shares
अर्घाखाँची। रुपन्देहीको बेलबासबाट ठूलो परिमाणमा चरेस बरामद भएको छ। ३७ किलो चरेस सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानका ४० वर्षिय टिका रास्कोटी रहेका छन्।
राष्कोटी २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन्।
रास्कोटी सहित बाग्लुङका ३४ वर्षिय जनक घर्ती र कपिलवस्तुका ५० वर्षिय नहारि थारूलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय वुटवलले जानकारी दिएको छ।