तुरतुरे ताल हेरेर फर्किएका दम्पती बडिगाड खोलामा खसे, एकको मृत्यु, एक घाइते
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
169
Shares
गुल्मी । मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन्।
सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर्ष ४० का मेनुका शर्माको ज्यान गएको हो भने उनका श्रीमान् वर्ष ४६ का ध्रुव रिजाल गम्भिर घाइते भएका छन् ।
घाइतेको खर्वाङमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको छ। दुवै जना तुरतुरे ताल हेरेर फर्किने क्रममा सडकवाट झण्डै सय मिटर तल बडिगाड खोलामा खसेका थिए।
मेनुकालाई खोलाले वगाएको थियो। खारपानीमा उनको शव निकालिएको थियो। अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट इस्पेक्टर ओम प्रकाश यादव को टोली आएको र घटनास्थलको मुचुल्का तयार गर्दै गरेको खर्वाङ प्रहरी चौकीका प्रनानी लाल वहादुर चौधरीले जानकारी दिए।