सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुन्छन्
रमेश विश्वकर्मा
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
243
Shares
गुल्मी । सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुने नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले आरोप लगाएका छन् ।
नेपाली काँग्रेस वडा कार्य समिति रेसुङ्गा नगरपालिका वडा नं १० ले सिमिचौरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो धारण व्यक्त गरेका हुन् ।
शुभकामना आदान प्रदान कार्यक्रम वडादशैं, दिपावली, नेपाल सम्वत र छडपर्वको अवसर पारेर आयोजना गरिएको हो । सोही अवसरमा शुभकामना आदान प्रदान लगायत पार्टीको वर्तमान अवस्था र भावि योजनाको बारेमा विशेष छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले पार्टीले जिम्मेवार रुपमा प्रतिपक्षको काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भने जिम्मेवार प्रतिपक्षको रुपमा विकास योजनाको शुक्ष्म अनुगमन, ईमान्दार, पारदर्शी, जवाफदेही र एकिकृत भै सङ्गठन सुदृढिकरण, पार्टी एकता र सत्तारोहण संगै सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपंथी आफै समाप्त हुन्छ ।
त्यसैगरी विशेष अतिथिका रुपमा रहेका नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले तरुण युवाको नेतृत्व विना राजनीतिक मात्र नभएर सामाजिक , आर्थिक लगायत सबै विषयको विकास हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने सक्षम र सवल युवालाई नेतृत्व दिन पार्टी पछि पर्नु हुँदैन, पार्टीमा क्रियाशिलदेखि विकासको गतिविधिमा मन्द देखिएकाले युवाहरुलाई सचेत बनाई अगाडि बढाउनु पर्दछ ।
कार्यक्रममा देशभरि नै महिला हिंसा, बलात्कार लगायत जघन्य अपराध भईरहेका बेला सरकार चुप लागेर बसेको र सरकारले विभिन्न हिंसात्मक गतिविधीहरुमा संलग्न दोषिहरुलाई कारवाही हुनुपर्ने माग तथा यिनै विषयमा विशेष छलफल समेत गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस १० नं। वडाका सभापति निर बहादुर थापाको सभापतित्व, नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य थम्मन बहादुर खत्री, तरुण गुल्मीका अध्यक्ष भरत भलामी, नेपाली काँग्रेस नगर कार्य समितिका सभापति छवि पाण्डे, नेपाल शिक्षक संघ ५ नं प्रदेशका उपमहासचिव बमबहादुर राना, समाजसेवि, वुद्धिजीवि, नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस १० नं वडाका सचिव रामबहादुर बस्नेतले गरेका थिए ।