रियाल मड्रिडको हारको यात्रा टुंगियो, बेन्जेमा र मार्सेलोले गरे उद्दार
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
263
Shares
काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडको लगातारको हारको यात्रा टुंगिएको छ । रियालले युइएफए च्याम्पियन्स लिग फुटबलमा रसियन क्लव भिक्टोरिया प्लेजेनलाई पराजित गरेको छ ।
डिफेन्डिङ च्याम्पियन रियालले मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा भिक्टोरियालाई २–१ ले पराजित गरेको हो । रियालले पछिल्ला पाँच खेलमा हार बहोरेपछि जितको स्वाद चाखेको हो ।
रियालको जितमा करिम बेन्जेमा र मार्सेलोले १–१ गोल गरे । भिक्टोरियाका प्याट्रिक रोसोभस्काईले एक गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा जित हात पारेपछि रियाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित भिक्टोरिया १ अंक जोडेर पुछारमा छ ।
मंगलबार राति नै भएको समूह ‘जी’ को अर्को खेलमा इटालियन क्लव एएस रोमाले रसियन क्लव सिएसकेए मस्कोलाई ३–० ले पराजित गरेको छ । रोमाको जितमा रोमाको सहज जितमा इडेन जेकोले २ तथा सेन्जिक अन्डरले १ गोल गरे ।
जितपछि रोमा ६ अंक जोडेर दोस्रो स्थानमा उक्लँदा मस्को भने तेस्रो स्थानमा झरेको छ । मस्कोको समान ३ खेलबाट ४ अंक छ ।