अन्य पार्टीका सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
नारायण सुबेदी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
699
Shares
नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा एक कार्यक्रमबिच अन्य पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रबेश गरेका सयौंलाई प्रतिनिधि सभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलेको हातबाट टिका लगाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेसको केन्द्रिय समेत रहेका सांसद कण्डेलको घरमा आयोजित एक कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका ६ सनइका खडेन्द्र चौधरी, बिचारी चौधरी, दिपक चौकरी र धर्म्विर चौधरी सहित सयौं जना कांग्रेसेका सदस्यता लिदै प्रवेश गरेका हुन्। नवप्रवेशीलाई सांसद कण्डेलले टिका लगाउदै कांग्रेसको सदस्यता पनि प्रदान गरेका थिए।
साविक सनइ गाविस इकाइ सभापति जगदिश सहानीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद कण्डेल, प्रदेश ५ को सांसद बैजनाथ जयसवाल, नेका नवलपरासीको संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद सहानी, ओबिसी महासंघका उपाध्यक्ष रामचन्द्र मौर्य, नेका नेता राधेश्याम पाठक, नेका क्षेत्र ५ को सभापति दिनेश मणि पटेल, पाल्हीनन्दन गाउँपालिका संयोजक हरिहर चौहान, नव प्रवेशी खडेन्द्र चौधरी, चन्द्रमणि चौधरी लगायतले संगठनलाइ मजबुद बनाउदै संगठनको विस्तार गर्न जोड दिए।