घटस्थापनादेखि यता सवारी दुर्घटनामा १० को मृत्यु, ५६ घाइते
रासस,
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
301
Shares
चितवन। दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए।
उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौंरका अनुसार नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन्।
दशैं शुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २० लाई नियन्त्रणमा लिई कारवाही गरिएको उनले बताए।