arrow

पूर्व विश्वकप विजेता जर्मनीको हार, चम्कियो नेदरल्याण्ड 

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
germany-netharland.jpg

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा विश्वकप फुटबलको पूर्व विजेता जर्मनीको खराव लय जारी छ । जर्मनीले शनिबार राति भएको खेलमा नेदरल्याण्डसंग ३–० को कमजोर प्रदर्शन गर्यो ।

समूह ए वान अन्तर्गत भएको खेलमा घरेलु टोली नेदरल्याण्डलाई जिताउन भर्जिल भान डेक, म्याम्फिस डिपेयी र जर्जिनियो वाइनाल्डमले १–१ गोल गरे ।

भान डेकले ३० औँ मिनेटमा गोल गर्दै नेदरल्याण्डसलाई पहिलो हाफमा अग्रता दिलाए । डिपेयीले ८६ औँ मिनेटमा र इन्जुरी समयको तेस्रो मिनेटमा वाइनाल्डमले गोल गरेका थिए ।

सन् २०१४ को विश्वकप विजेता जर्मनीले पछिल्ला १२ खेलमा तीनवटा मात्रै जितेको छ । तीन महिनाअघि रुसमा भएको विश्वकप फुटबलमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

समूह ए वानमा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड ३ अंकबाट दोस्रो तथा १ अंकबाट जर्मनी पुछारमा छ । यसअघि जर्मनीले फ्रान्ससंग सेप्टेम्बर ७ मा गोलरहित बराबरी खेलेको थियो । 

Virgil van Dijk (pictured) scored the opener as Holland beat Germany 3-0 in Saturday's UEFA Nations League clash

 

Van Dijk reacted quickest in the box to nod home the opener on 30 minutes after Ryan Babel's header had hit the bar

The Liverpool defender is congratulated by his Holland team-mates after netting in the 3-0 win over Germany in Amsterdam

Depay (right) celebrates with fellow wide man Quincy Promes after scoring on the counter against Manuel NeuerA rampant Holland team struck a third in stoppage time through Van Dijk's Liverpool team-mate Georginio Wijnaldum



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ