काठमाडौं । पोर्चुगल अब क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रन सक्षम देखिएको छ । लामो समयदेखि पोर्चुगलको फरवार्ड लाइन सम्हाल्दै आएका रोनाल्डो पछिल्लो समय व्यवसायीक खेलका लागि इटालियन सिरिए युभेन्टसमा केन्द्रीत भएपछि उनी बिनै पोर्चुगल सक्षम देखिँदै गएको छ ।
युइएफए नेशन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले अवे मैदानमा भएको खेलमा पोल्याण्डलाई ३–२ ले हराएको हो ।
पोर्चुगलका लागि आन्द्रे सिल्भा र बर्नार्डो सिल्भाले गोल गरे । यस्तै एक गोल उपहारमा आएको हो । पोल्याण्डका कामिल ग्लिकले आत्मघाती गोल गरे । पोल्याण्डका लागि पिएतेक र जाकुबले गोल गरे ।
यो जितसंगै पोर्चुगल रहेको लिग ए ग्रुप थ्रीमा २ खेलबाट शीर्ष स्थानमा छ । यसअघि पोर्चुगलले इटालीलाई पनि हराएको थियो ।