arrow

टी–२० विश्वकप छनोटमा नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
nepal-crickete.JPG

काठमाडौं । टी–२० विश्वकप छनोट क्रिकेटमा नेपाल र भुटान भिडिरहेका छन् । जितका लागि भुटानले १५१ रनको लक्ष्य पछ्याउँदैछ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनिङ ब्याट्सम्यान प्रदीप सिंह ऐरीको नटआउट ७५ रनको मद्धतले ४ विकेटको नोक्सानीमा १५० रन बनायो । 

ऐरीले २ छक्का र ६ चौकाको मद्धतले ६८ बलमा ७५ रन बनाएका हुन् । 

त्यसैगरी अनिलकुमार शाहले २१ बलमा २७, दिपेन्द्र सिंह ऐरीले १० बलमा १५, करण केसीले ५ बलमा नटआउट ११, आरिफ शेखले १५ बलमा १३ रन बनाउँदा विनोद भण्डारी डकआउट भएका थिए । 

एसिया रिजन क्वालिफायर बी मा रहेको नेपाल समूहको शिर्ष स्थानमा रहेको नेपालले भुटानलाई हराए शिर्ष ३ मा रहेर दुई खेल अघि नै सन् २०१९ मा अष्ट्रेलियामा हुने विश्वकपको अर्को चरणमा छानिने लगभग पक्का हुनेछ । 

यसअघि नेपालले थाइल्याण्ड, मलेसिया र म्यानमारलाई हराएको थियो । 

७ टिम सहभागी भएकामा शिर्ष तीन टिम अर्को चरणमा पुग्नेछन् ।

नेपालले भुटानपछि चीन र सिंगापुरसंग खेल्न बाँकी हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ