arrow

गणेश थापाले एन्फामा १५ लाख बुझाए, पेश्की लिनेहरु उनीजस्ता थुप्रै 

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
ganesh-thapa-new-pic.jpg.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले १५ लाखको पेश्की बुझाएका छन् ।बंगलादेशकाे फुटबल संघका नाममा लिएको १५ लाख रुपैयाँ थापाले एन्फामा बुझाएका हुन् । उनले वारेस अथवा आफ्ना प्रतिनिधिमार्फत नगदै १५ लाख रुपैयाँ एन्फालाई बुझाएको प्रवक्ता किरण राईले बताए । 

पछिल्लो आर्थिक रिपोर्ट अनुसार एन्फामा करिब साढे ३ करोड रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न व्यक्ति र जिल्ला फुटबल संघले लिएको रकम दाखिला नगर्दा एन्फामा ठूलो बेरुजु आएको हो । काम सकिएकाे ३५ दिनभित्रै फर्छ्याैट गर्नुपर्ने रकम अझैपनि अधिकांश जिल्ला फुटबल संघ र सम्बद्ध अधिकारीले गरेकै छैनन् ।

बेरुजु रकम फछ्र्योटमा एन्फाको वर्तमान नयाँ कार्यसमिति उदासिन रहेको आलोचना समेत भएको छ । फछ्र्योटका लागि समिति गठन गर्ने बताएको एन्फाले अझैसम्म पनि काम अगाडि बढाउन सकेको छैन । एन्फाकै अनुसार एएफसीबाट २ लाख १० हजार, फिफाबाट १ करोड ८४ लाख र एन्फाबाट लिइएको करिब २ करोड १७ लाख रुपैयाँको पेश्की अझै फर्छ्याैट हुन सकेको छैन । 

यस्तो छ, एन्फाबाट पेश्की लिनेको सूची 

-सर्लाही जिल्ला फुटबल संघ : १ लाख रुपैयाँ ।
-सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष देबेन्द्रमान सिंह बस्नेत : ४८ हजार रुपैयाँ ।
-रुपन्देही जिल्ला फुटबल संघ : १ लाख ७५ हजार रुपैयाँ । 
-भोजपुर जिल्ला फुटबल संघ : २ लाख रुपैयाँ । 
-रौतहट जिल्ला फुटबल संघ : १ लाख ५५ हजार रुपैयाँ । 
-दिवाकर घले : ६ लाख रुपैयाँ । 
-कन्चनपुर जिल्ला फुटबल संघ : ४ लाख रुपैयाँ ।
-बर्दिया जिल्ला फुटबल संघ : ३ लाख रुपैयाँ । 
-पर्सा जिल्ला फुटबल संघ : ३ लाख रुपैयाँ । 
-सुनसरी जिल्ला फुटबल संघ : १ लाख ७५ हजार रुपैयाँ । 
-कन्चनपुर जिल्ला फुटबल संघ : १३ लाख २० हजार रुपैयाँ ।

-एन्फाको खाताबाट पेश्की बुझेकाको विवरण : 
-अजर मानन्धर : १ लाख ३ हजार रुपैयाँ । 
-सुनसरी फुटबल संघ : ३ लाख ५० हजार रुपैयाँ । 
-लोकबहादुर शाही : १४ लाख ४६ हजार ३ सय ७ रुपैयाँ । 
-आरबी ग्रुप : ३ लाख ३२ हजार ९ सय ८९ रुपैयाँ । 
-बाँके जिल्ला फुटबल संघ : ३ लाख ९४ हजार रुपैयाँ । 
-ललित कृण्ण श्रेष्ठ : १६ लाख ८५ हजार ९ सय ८० रुपैयाँ । 
-गेन बोल्ड वाइनोभिक मंगोलिया : १ लाख २३ हजार ७ सय ५० रुपैयाँ । 
-बंगलादेशी फुटबल संघ : १५ लाख रुपैयाँ । 
-सुदुरपश्चिमाञ्चल फुटबल संघ : १ लाख ५५ हजार रुपैयाँ । 
-बानेश्वर ब्याङकेट : २ लाख रुपैयाँ । 
-झापा फुटबल संघ : २ लाख ९० हजार रुपैयाँ । 
-रौतहट जिल्ला फुटबल संघ : १ लाख ७० हजार रुपैयाँ । 
-एन्फा टेक्निकल सेन्टर धरान : १० लाख रुपैयाँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ