२–० को नतिजा उल्टाएर जिताए माटा, मार्सियल र सान्चेजले
प्रकाशित २०७५ असोज २१ आइतबार
181
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा २–० को अग्रतालाई उल्टाएर म्यान्चेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ३–२ ले हराएको छ ।
म्यान्चेस्टरको मैदानमा भएको खेलमा ७ मिनेटमै केनेडीको गोलबाट न्युकासलले अग्रता लियो । त्यसको तीन मिनेटमै योसिनोरी मुटोको गोलबाट न्युकासलले अग्रता बढायो ।
म्यान्चेस्टर म्यानेजर जोजे मौरिन्होको जागिर संकटमा रहेका बेलामा अन्तिम २० मिनेटमा हुँवा माटा, एन्थोनी मार्सियल र एलेक्सिस सान्चेजले १–१ ले गोल गर्दै मौरिन्होको उद्धार गरे ।
यो जितपछि म्यान्चेस्टर युनाइटेड ८ खेलबाट १३ अंकसहित आठौं स्थानमा पुगेको छ ।
७ खेलबाट १९ अंकसहित म्यान्चेस्टर सिटी र लिभरपुल शीर्ष दुईमा छन् ।
शनिबारका अन्य खेलका नतिजा यस्ता छन् –
वाटफोर्ड ०–४ एएफसी बर्नमाउथ
टोटनह्याम हट्सपर १–० कार्डिफ सिटी
लेस्टर सिटी १–२ एभर्टन
क्रिस्टल प्यालेस ०–१ वोल्भरह्याम्पटन वान्डेरर्स
बर्नली १–१ हडर्सफिल्ड टाउन