arrow

रोनाल्डो बिना नै युभेन्ट्सको आकर्षक जित, डिबालाको ह्याट्रिक

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
juventus2.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’ को खेलमा युभेन्ट्स विजयी भएको छ । फरवार्ड पाउलो डिबालाले ह्याट्रिक प्रहार गरेपछि युभेन्ट्सले योङ ब्वाइजलाई ३–० ले पराजित गरेको हो ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा रहेका कारण डिबालाले पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए । उनले उक्त अवसरको सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा नै गोलको खाता खोले । 

३३ औं मिनेटमा युभेन्ट्सले डिबालाकै माध्यमबाट अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा डिबालाले ६ यार्ड बक्सभित्र खाली पोस्टमा गोल गरेका थिए । 

यस जितसँगै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गरेको युभेन्ट्सले अर्को खेलमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । 

रोनाल्डो बिना पनि युभेन्टस लयमा छ । अबको खेलमा भने रोनाल्डो उपलब्ध हुनेछन् । 

Cristiano Ronaldo watches from the stands alongside girlfriend Georgina Rodriguez

The Argentine forward celebrates after giving his side at early lead at the Juventus Stadium

Dybala doubles his side's lead from close range after Balise Matuidi's strike was saved 

The 24-year-old celebrates after scoring his second goal of the Champions League clash

Dybala is congratulated by Bonucci after putting his team in firm control of Tuesday's game

The Argentina international has another shot on goal but his effort comes back off the post

Juan Cuadrado (left) watches on as his cross is tapped into an empty net by Dybala



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ