arrow

च्याम्पियन्स लिगमा हार्यो रियाल मड्रिड, कारण यस्ता छन् 

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
real-cska.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियाल म्याड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समूह चरणको दोस्रो खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियाल मस्कोसँग १–० ले पराजित भएको हो । 

मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा रियाललाई स्तब्ध बनाउन निकोला भ्लासिकले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । 

मुख्य खेलाडीहरु ग्यारेथ बेल, मार्सेलो र कप्तान सर्जियो रामोसविनै मैदान उत्रिएको रियाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो ।

रियालका गोलरक्षक केलर नाभास र डिफेन्डर राफेल भरानेबीच तालमेल हुन नसकेको फाइदा उठाउँदै मस्कोका निकोला भ्लासिकले डि–बक्सभित्रबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो । 

रियालमाथि मस्कोको यो पहिलो जित हो । 

रियालमाथिको महत्वपूर्ण जितसँगै मस्को दुई खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोसँगको हारपछि रियाल ३ अंकसहति तालिकामा दोस्रो स्थानमा झरेको छ ।

रियालको ब्याडलक –
–२९औं मिनेटमा क्यासमिरोको प्रहार क्रसबारमा लागेर फर्कियो । 
–४०औं मिनेटमा कप्तान करिम बेन्जेमाको प्रहार बारमा लागेर फर्कियो । 
–९०औं मिनेटमा मारियानो डियाजको प्रहार पनि बारका लागेर फर्कियो ।

 

CSKA Moscow took the lead inside two minutes when midfielder Nikola Vlasic latched onto a loose Toni Kroos pass

The CSKA Moscow players go wild in the corner as they celebrate taking an early lead against the defending championsCSKA defender Mario Fernandes challenges for possession of the ball with Madrid youngster Sergio Reguilon

Vlasic wheels away after opening the scoring at the Luzhiniki Stadium in the Russian capital on Tuesday night

 

CSKA fans burst into celebration in the stands after watching their team take a shock lead so early on in the gameFrench striker Karim Benzema looks to inspire his team towards an equaliser midway through the opening period

Nacho Fernandez tries to flick the ball on at the near post from a set piece but the Spanish side were unable to capitalise



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ