काठमाडौंको सुकेधारामा नम्बर नखुलेको सवारीको ठक्करबाट मैनालीको निधन
प्रकाशित २०७५ असोज १६ मंगलबार
678
Shares
काठमाडौं । काठमाडौंको सुकेधारामा सोमबार राति सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारको लागि ओम अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरिय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।
मैनालीलाई ठक्कर दिएर फरार रहेको सवारी साधनसहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।