काठमाडौं । विश्व फुटबलका महान् हस्ती डिएगो म्यारोडोनाले अर्का चल्तापुर्जा लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सुझाव दिएका छन् । रुसमा भएको विश्वकपमा भोगेको तीतो हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।
विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससंग भोगेको हारपछि मेस्सीले सन्यास लिने अड्कल गरिएको थियो । तर मेस्सीले सन्यास लिएका छैनन् । उनले विश्राम मात्र लिएका हुन् ।
विश्वकपपछि मेसीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण खेल खेलेनन् । सन् २०१६ मा सन्यास घोषणा गरेका ३१ वर्षे मेस्सीलाई फेरि सन्यास लिन सुझाव दिएका छन् । त्यति बेला समर्थकहरुको चर्को दबाबपछि मेस्सीले सन्यास फिता लिएका थिए ।
मेस्सीले स्पेनिश क्लव बार्सिलोनाबाट भने व्यवसायीक फुटबल राम्रै खेलिरहेका छन् ।
राष्ट्रिय टिमबाट विश्राम लिएका मेस्सीलाई म्याराडोनाले स्पष्टै भनिदिएका छन्, ‘फेरि फर्केर राष्ट्रिय टोलीमा नजाउ । सन्यास घोषणा गर ।’
मेक्सिकन क्लब डोराडोसका प्रशिक्षक म्यरोडोनाले ‘यू–१५ मा पराजित हुँदा पनि त्यो मेस्सीकै गल्तिका कारण हुन्छ । जो जहाँ पराजित भएपनि त्यसको दोष सबै उनीमाथि जान्छ । त्यसैले म भन्छु । अब फर्केर नजाऊ । ‘
म्याराडोनाले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई दिलाएका थिए भने मेस्सीले फाइनलमा पुगेर पनि विश्वकप दिलाउन सकेनन् ।