यु–१९ एसिया कपमा अफगानिस्तान विरुद्ध नेपाल ब्याटिङमा
प्रकाशित २०७५ असोज १५ सोमबार
241
Shares
काठमाडौं । यु–१९ एसिया कप क्रिकेटमा नेपालले अहिले अफगानिस्तानसंग खेलिरहेको छ । बंगलादेशको साभारमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
पछिल्लो ५ खेलको नतिजा हेर्दा नेपालले अफगास्तिानलाई हराउन सकेको छैन ।
तर भारतमा हालै भएको चार टिमबीचको प्रतिस्पर्धामा भने नेपालले एक खेल जितेको थियो भने एक खेल हारेको थियो ।
समूह ए को नेपालले यसअघि भारतसंग १९१ रनको विशाल हार बेहोरेको थियो ।
चौथो टिम युएई हो । युएईले पनि पहिलो खेल हारिसकेको छ । नेपाललाई सेमिफाइनल पुग्नका लागि अफगानिस्तानलाई हराउनै पर्ने दबाब छ ।
एसिया कपको समूह बी मा श्रीलंका, पाकिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।