-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । ब्राजिलियन स्टार नेयमारले फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई जिताएका छन् । पीएसजीले शनिबार राति भएको खेलमा निसलाई ३–० ले हरायो ।
नेयमारले २ गोल गरे । विश्वकपमा खासै राम्रो नखेलेका नेयमारले पीएसजी विरुद्ध भने राम्रो खेल्दै आएका छन् ।
क्रिस्टोफर एनकुन्कुले पीएसजीलाई अर्को गोल दिलाए ।
निसका वाइलान साइप्रेनले रातो कार्ड खाएपछि ५९ औं मिनेटमा मैदान छाड्नु परेको थियो ।
आठ खेलबाट २८ अंक बटुलेको पीएसजी शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको सेन्ट एटिन्नेको १५ अंक मात्र छ ।



