४१ मिनेटमा अस्कर डे मार्कसले गोल गर्दै बार्सिलोनालाई पछाडि पारे । ८४ औं मिनेटमा मुनिर इ हडाड्डीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । त्यसपछि गोल भएन र खेल बराबरीमै रोकियो ।
लिओनल मेस्सी भने हाफ टाइमपछि मात्र मैदानमा छिरेका थिए ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको हालत खराव भइरहँदा अर्को दावेदार रियाल मड्रिड पनि सफलताको सिँढि चढ्न सकेको छैन ।