काठमाडौं । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतले नेपाललाई हराएको छ । नेपाल सुरुवााती खेलमै भारतसँग हारेको हो । शनिबार भएको खेलमा भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हरायो ।
३०५ रनको चुनौती पछ्याएको नेपालले ३६ ओभर ५ बलमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए । सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकीय मदतमा तोकिएको ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।
भारतले सुरुवात राम्रो गरेकैले उच्च याेगफल बनायाे। पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको साझेदारी गरे । पवन साह १३ रन बनाउँदै बाहिरिए सिमरन सिंहले जैसवालसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्न सफल भए । जैसवाल १०४ रनमा क्रिजबाट बाहिरिए । राथोड मात्र ३ रनमै आउट भए ।
बलिङतर्फ नेपालका भीम सार्की एक्लैले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो पोल्टामा पारे । नेपाल हारबाट यात्रा आरम्भ गरेको छ ।