‘ए’ डिभिजन लिग : एनआरटीलाई अग्रता, आर्मी १–० ले पछि
प्रकाशित २०७५ असोज १३ शनिबार
733
Shares
काठमाडौं । चार वर्षपछि आयोजित शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा जारी खेलमा एनआएटीले सुरुवाती अग्रता लिएको छ । पहिलाे हाफकाे ३४ मिनेट जाँदा एनआरटी १–० ले अघि देखियो । विभागीय टोली आर्मी दबाबमा छ ।
घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग चार वर्षपछि आयोजना भएको हो ।रेलिगेशन नहुने प्रावधानसहित सञ्चान गरिएको लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् ।