arrow

चार वर्षपछि ए डिभिजन फुटबल लिग शुरु

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
ANFA-football.jpeg

काठमाडौं। चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ। घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो।

रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन्। सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ