काठमाडौं । बाजर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा आज बोलिभियालाई २.५–१.५ ले हराएको छ ।
चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुअग्विलरलाई र विवेक थिङले डानियल पिन्टोलाई पराजित गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
पाँचौँ चरणमा नेपाली टोलीले शनिबार चाइनिज ताइपेईसँग खेल्नेछ । यसैगरी महिलातर्फ चौथो चरणमा नेपाल बेल्जियमसँग ३–१ ले पराजित भयो । रासस