श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा महिलाको शव भेटियो
सरिता तिम्सिना पगेनी
प्रकाशित २०७५ असोज ११ बिहिबार
620
Shares
पोखरा । कास्कीको लेखनाथस्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
। मृतकका श्रीमानले मारेर फालेको आशंका गरिएको छ ।
घटनापछि श्रीमान बेपत्ता छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक विष्णुवरसिहं थापाले जानकारी दिएका छन् ।
घटनाको बिस्तृत बिबरण अझै नआएको प्रहरीले बताएको छ ।
पोखरामै सोमबार बिहान १० वर्षीया श्रेया विकको शव भेटिएको थियो । उनी अघिल्लो साँझ बिस्कुट किन्न घरबाट पसल गएकी थिइन् ।