arrow

रामपुरमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता

logo
सीता डोटेल
प्रकाशित २०७५ असोज १० बुधबार
7asidefootball.jpg

पाल्पा । रामपुर युवा क्लबको आयोजनामा सेभेन ए साइड फुटवल प्रतियोगिता पाल्पाको रामपुरमा शुरु भएको छ । प्रतियोगिता पाल्पाको रामपुरमा शुरु भएको छ ।

रामपुर बेझाँडको रामतुलसी माबिको खेल मैदानमा भएको फुटवल खेलको उद्घाटन प्रथम पुरस्कार दाता फेमली सपिङ्ग सेन्टरका सञ्चालक छम बहादुर दरैले खेलाडीलाई बल पास गरेर गरेका थिए । 

खेलमा पाल्पा स्याङ्गजाका बिभिन्न २३ टिमले सहभागीता जनाएका छन् । आयोजक ए र सिज नेपाल बिच भएको उद्घाटन खेलमा ०–१ गोलले आयोजक रामपुर युवा क्लब बिजयी भएको छ । 

पहिलो दिनको दोस्रो खेल चापाकोट खेलकुद विकास समिति स्याङ्गजा र कालीगण्डकी युवा क्लब भालुआँप भएकोमा चापाकोट खेलकुद विकास समिति २–० ले जित हात पारेको छ ।

त्यस्तै पहिलो दिनको तेस्रो तथा अन्तिम खेल कालिका युवा क्लब देविस्थान र मोडन युथ सोसाइटीबीच भएको थियो । 

खेलमा १–० ले देविस्थानको कालिका युवा क्लबले जितेको छ । खेल दैनिक बिहान ७ बजेदेखि सञ्चालन हुने खेल संयोजक देब बहादुर श्रेष्ठले जानकारी दिए ।

खेलमा विजेताले नगद २० हजार, मेडल र प्रमाणपत्र र उपबिजेताले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने रामपुर युवा क्लबका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ