arrow

यी हुन् फिफा ‘द बेस्ट’ अवार्डका विजेताहरु [विवरणसहित]

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
fifa-best-2018.jpg

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो निकाय फिफाले बर्सेनि विभिन्न विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई दिने फिफा ‘द बेस्ट’ अवार्ड यसपटक वितरण गरेको छ । सोमबार राति लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । 

यो उपाधि कसले जिते ? यो विवरणसहित–

फिफा ‘द बेस्ट’ पुरुष खेलाडी – रियाल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच 
फिफा ‘द बेस्ट’ प्रशिक्षक – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्स 
फिफा ‘द बेस्ट’ गोलरक्षक –बेल्जियम तथा रियाल मड्रिडका गोलरक्षक थिअबाउट कोर्टूवा 
फिफा ‘द बेस्ट’ गोल – इजिप्ट तथा लिभरपुलका विंगर मोहमद सलाह 
फिफा ‘द बेस्ट’ महिला खेलाडी –ब्राजिल तथा तथा ओर्लान्डो प्राइडकी मार्टा 
फिफा ‘द बेस्ट’ महिला प्रशिक्षक – फ्रान्सेली क्लब लियोकी रेनाल्ड पेड्रोस 
पेरुलाई उत्कृष्ट समर्थक उपाधि– रुसमा भएको विश्वकपका दौरान लामो दुरी पार गरेर झन्डै ४० हजारको संख्यामा रुस पुगेका पेरु राष्ट्र्रिय फुटबल टोलीका समर्थकले उत्कृष्ट समर्थकको उपाधि हात पारे ।

लेन्नार्टलाई फेयर प्ले अवार्ड– डच क्लब भीभीभी भेन्लोका खेलाडी लेन्नार्ट थिले फेयर प्ले अवार्ड प्राप्त गरेका छन् । उनले एक समर्थकलाई रगत दिनुपर्ने अवस्थामा क्लबको महत्त्वपूर्ण खेल छाडेर समर्थकको ज्यान बचाएका थिए । 

फिफा उत्कृष्ट ११ खेलाडीको टोली – टोलीको गोलरक्षकमा स्पेन तथा म्यानचेस्टर युनाइटेडका डेविड डे हेया रहेका छन् । डिफेन्सको जिम्मेवारीमा रियल म्याड्रिडको वर्चस्व रहेको छ । पीएसजीका ब्राजिलियन डिफेन्डर ड्यानीएल आल्भेससँगै रियलका डिफेन्सत्रय सर्जियो रामोस, राफेल भारान र मार्सेलोले रक्षापंक्ति सम्हालेका छन् । मिडफिल्डमा भने मुख्य उपाधि विजेता मिडफिल्डर लुका मोड्रिच र एनगोलो कान्टेको जोडी रहेको छ । आक्रामक मिडफिल्डमा बेल्जियमका कप्तान इडेन हाजार्ड छन् । उनलाई बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लिओनेल मेसीले साथ दिएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् । मोहम्मद सालेह भने परेनन् । 
Luka Modric claimed the FIFA Best Men's Player of the Year award in London on Monday night

France coach Didier Deschamps handed his three nominations to French World Cup winners

Gareth Southgate (left) did not choose his striker Harry Kane in the Best awards nominations

Modric holds his trophy carefully as he addresses the media following his win on Monday night

The full list of votes from both the players and the coaches as revealed by FIFA on Monday

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ