arrow

फिफा बेस्ट खेलाडीको उपाधि मोड्रिचलाई, तोडियो रोनाल्डो र मेस्सीको १० वर्षे आधिपत्य

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
modric.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बर्सेनि प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड क्रिएसियन खेलाडी लुका मोड्रिचले जितेका छन् । 

स्पेनिश क्लव रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी र पोर्चुगिच खेलाडी क्रिष्चियानो रोनाल्डोको १० वर्षदेखिको वर्चश्व तोडेका हुन् ।

शीर्ष तीन स्थानमा रियाल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचसँगै इजिप्सियन खेलाडी (लिभरपुलका ) मोहमद सलाह रहेका थिए । 

मोड्रिचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

मोड्रिच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि रहेका थिए । मोड्रिचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा स्तरीय गोल गर्दै आफूलाई मिडफिल्डबाट गोल गर्न सक्ने क्षमता देखाएका थिए ।

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोड्रिचले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।
Real Madrid stars with president Florentino Perez (L-R: Raphael Varane, Sergio Ramos, Perez, Modric, Marcelo, Thibaut Courtois)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ