arrow

२५ हजार डलर पाएपछि नेपालले खेल्ने भयो बंगबन्धु गोल्डकप फुटबल

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
Nepal-bangabandhu.jpg.jpeg

काठमाडौं  । अखिल नेपाल फुटबल संघ एन्फाले दुई वर्षअघि पाउनु पर्ने रकम पाएपछि बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको छ । दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनेपछि नेपाली टिमले दुई वर्ष पुग्दासमेत आधा रकम २५ हजार डलर पाउन बाँकी थियो । 

पूरै रकम नपाएसम्म प्रतियोगितामा सहभागीता नजनाउने निर्णय गरेको नेपालले रकम पाएपछि आसन्न प्रतियोगिता खेल्ने समेत निश्चित भएको छ । 

बंगलादेश फुटबल फेडेरेशन बिएफएफले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर एन्फाको खातामा जम्मा गरिदिएपछि नेपालले अक्टोवर १ तारिखबाट शुरु हुने बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको हो ।

एन्फाले बाँकी रकम प्राप्त नभए अबको संस्करणमा भाग नलिने बताएको थियो ।

 च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ । नेपालले पहिलो खेल ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ