धनाढ्यको कुकुर प्रेम : अनुहार सर्जरी गरी कुकुरकै रुप
प्रकाशित २०७५ असोज ७ आइतबार
656
Shares
एजेन्सी। केही केही मानिसहरुको विचित्रको शोख हुन्छ। मानिसहरु चर्चामा आउन अनेक प्रकारको तडकभडक गर्ने गर्दछन्। लाग्छ कि हामी आफै ठूलो बिनाशको प्रतिक्षामा छौं र प्रकृतिको सिर्जनाको विपरीत कार्यहरु गर्न थालेका छौं।
ब्राजिलमा एक व्यक्तिले शल्यचिकित्साद्वारा आफ्नो अनुहार कुकुरको अनुहारमा परिवर्तन गरेका छन् । यो संसारको पहिलो घटना हो जसले आफ्नो शोखका लागि आफ्नो अनुहारनै परिवर्तन गरी डगम्यान बनेका छन्।
ब्राजिलका यि घनाढ्य व्यक्तिले आफ्नो अनुहार प्लास्टिक सर्जरीद्वारा कुकुरको अनुहारमा किन परिवर्तन गरे भन्ने कुनै जानकारी दिएका छैनन्। तर उनि आफ्नो अनुहार कुकुरको अनुहारमा परिवर्तन गर्दा धेरै उत्सुक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
आफ्नै पैसा खर्च गरी सन् २०१३ मा प्लास्टिक सर्जरी गरेर उनी नयाँ अवतारमा संसारको पहिलो डगम्यान बनेका हुन् ।