arrow

नेपाललाई हराएको माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिप

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
nepal-football.jpg

काठमाडौँ । बाह्रौँ साफ च्याम्पियनसिप फुटबलको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा शनिबार भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । 

सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । 

दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो । 

यही भदौ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गरेका थिए । 

बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक÷एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भूटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । यस जितसँगै माल्दिभ्सले दुई पटक उपाधि हात पारेको छ । 

भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको छ । बङ्गलादेशले २००३, माल्दिभ्सले २००८, अफगानिस्तानले २०१३ र श्रीलङ्काले १९९५ मा उपाधि जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ