arrow

साफ फुटबल : नेपाल १–० ले पछि परेकै समयमा खेल वर्षाले रोकियो

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
saff.jpg

काठमाडौं । बंगलादेशमा जारी साफ फुटबलको सेमिफाइनलमा भईरहेको नेपाल र मालदिभ्सबीचको खेल वर्षाका कारण रोकिएको छ । ठूलो पानी परेपछि पहिलो हाफको २६औं मिनेटपछि खेल रोकिएको हो । मालदिभ्स १–० ले अग्रता लिएकै बेला खेल पानीले रोकिन पुग्यो । 

मालदिभ्सले नवौं मिनेटमा फ्रिकिकमार्फत गोल गरेको हो । मालदिभ्सका कप्तानले २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो । यो नेपालका लागि ऐतिहासिक अवसर हो । नेपाल अहिलेसम्म साफ फुटबलको फाइनलमा पुग्न सकेको छैन।

मालदिभ्सले एक पटक उपाधि जितेको छ भने, तीन पटकको उपविजेता बनेको छ । माल्दिभ्स समग्रमा पाँच पटक सेमिफाइनमा पुगेको छ । माल्दिभ्ससँग साफमा नेपाल ६ पटक भिडेको छ । दुई खेल बराबरी गर्दा नेपाल चार खेलमा हारेको छ । 

नेपालले माल्दिभ्सविरुद्ध अहिलेसम्म ७ गोल मात्रै गरेको छ भने, १४ गोल खाएको छ । यो सिजनको साफ फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ हार्दा भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हराउन पुगेको थियो । भारतसँग २–० ले हारेको मालदिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेल्दा गोलापर्थाबाट सेमिफाइनलमा छानिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ