arrow

‘आज नेपाल फाइनल पुग्न खेल्दैछ’ 

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
nepal-football.jpg

काठमाडौँ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दुवै सेमिफाइलनका खेल हुँदैछन् । दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । 

नेपालले दिउँसो ३ः४५ बजे खेल्दैछ । खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुनेछ । 

समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ । 

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । 

नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताए। 

नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ