काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा बेल्जियमले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ३–० ले पराजित गरेको हो । बेल्जियमका लागि रोमेलु लुकाकुले २ तथा इडेन हाजार्डले १ गोल गरे ।
पछिल्ला १३ खेलमा घरेलु मैदानमा अपराजित रहेको आइसल्यान्डले नेसन्स लिगमा भने खराव प्रदर्शन गरेको छ । पहिलो खेलमा आइसल्याण्डलाई स्वीजरल्याण्डले ६–० ले हराएको थियो ।
समूहमा आइसल्यान्ड र बेल्जियमले ३–३ अंक जोडेका छन् भने आइसल्यान्ड अंकविहिन छ ।
आइसल्याण्डले ९ गोल खाँदा गोलविहिन छ ।
अब बेल्जियम र स्वीजरल्याण्ड अक्टोबर १३ मा खेल्नेछन् ।