arrow

खेल सुरु हुनुअघि नै भागदौड मच्चियोः एकको मृत्यु, घाइते ४० मध्ये केही गम्भीर 

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
bhagdaud.jpg

काठमाडौं । मदागास्करको राजधानी अन्तानानारिभो मा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । घटनामा ३७ जना घाइते भएका छन् । 

घाइतेहरूलाई राजधानीस्थित एक अस्पतालमा उपचार गराइराखिएको छ । 

अस्पताल स्रोतले दिएको जानकारी अनुसार विरामीमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । 

खेल शुरु हुनुपूर्व नै मदागास्कर र सिनेगलको फुटबल खेल हेर्न गेटबाट प्रबेश गर्ने क्रममा दर्शकहरूबीच भएको झडपमा उक्त दुखद घटना भएको मदागास्करको प्रहरीले जनाएको छ । 

हजरा अस्पतालका प्रवक्ता अलिभा अलाइन राकोतोले भने, अहिलेसम्म झडपपछिको भागदौडमा परी अस्पताल ल्याइएका विरामीमध्ये एक जनाको मृत्यु भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

खेल २–२ को बराबरीमा सकिएको थियो । लिभरपुल स्टार सादियो मानेले कप्तानी सम्हालेका थिए । 

सन् २०१७ मा पनि यस्तै भागदौड मच्चिँदा एंगोलामा कम्तीमा १७ जनाको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ