पाल्पा । श्रीनगर भलिवल क्ल्व तानसेन पाल्पाको आयोजनामा भएको स्थानीय तह स्तरीय प्रथम महिला भलिवल प्रतियोगीतामा रामपुर नगरपालिकाको टिम (रातो जर्सी) विजयी बनेको छ ।
पाल्पाका १० तहमध्य आयोजक २ सहित, ५ स्थानीय तह गरी ७ टिमको सहभागिता रहेको प्रतियोगितामा माथागढी गाउँपालिकाको समूह दोस्रो (पहेलो जर्सी) र रम्भा गाउँपालिकाको समूह (निलो जसीका) तेस्रो भएका छन् ।
प्रतियोगितामा आयोजक ए र वि, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका महिला खेलाडीहरुको सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले नगद क्रमश ३० हजार, २० हजार र १० हजार, मेडल र प्रमाण पत्र प्रदान गरे ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि काफ्लेले खेलकूदको माध्यमबाट देश र समाजको नाम उचो हुने भएकाले गाउँ गाउँमा खेलमैदान र खेलाडी निर्माण गर्ने अभियानमा कार्यालय लागेको बताए ।
उनले खेलाडी देश र समाजका गहना भएकाले यस्ता खेलकूदले देश विकाससँगै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
खेलको पुरस्कार जल्पाली मोनिका होटल गेष्ट हाउस एण्ड रेष्टुरेन्टका प्रोपराइटर खुमबहादुर सारुले प्रथम, दोस्रो पुरस्कार ग्यालेक्सी होटल एण्ड रेष्टुरेन्टका प्रोपराइटर योगेश घर्ती र तृतिय पुरस्कार सुनाखरी रेष्टुरेन्ट एण्ड कटेजका प्रोपराइटर छाप बहादुर जर्घाले सौजन्य गरेका हुन् ।
। कार्यक्रम श्रीनगर क्लवका अध्यक्ष विपना वाकावल मगरको अध्यक्षता र जिल्ला भलिवल संघका सदस्य नारायण सारुको संचालनमा भएको थियो ।
खेल समापन कार्यक्रममा उत्कृष्ठ खेलाडी, पुरस्कारदाता, रेफ्री तथा सहयोगीहरुलाई मायाको चिनो र प्रमाण पत्रले सम्मान समेत गरिएको थियो ।