arrow

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बंगलादेश स्तब्ध

हिरो बने बिमल घर्ती मगर र नवयुग श्रेष्ठ

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
nepal-win.jpg

काठमाडौँ । नेपाल बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशमाथि २–० को विजयी नतिजाका साथ नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा ठाउँ बनाएको हो । 

नेपालको यो पछिल्लो नेपाली फुटबलको गिर्दो साखलाई जोगाउने खेल भएको छ । बंगलादेशसंग नेपालको विगत राम्रो नभए पनि यसपटक घरेलु टिम नेपालसंग घुँडा टेक्न वाध्य भएको हो । 

नेपालका लागि ३३ औं मिनेटमा बिमल घर्तीमगरले लङ फ्रिकिकमा गोल गरेका हुन् । 

त्यसैगरी ९० औं मिनेटमा नवयुग श्रेष्ठले अर्को आकर्षक गोल थपेर नेपालको जित सुनिश्चित गरेका थिए । 

नेपालले यसअघि भुटानलाई ४–० ले हराएको थियो भने पाकिस्तानसंग २–१ ले नतिजा सुम्पिएको थियो । 

यो समूहबाट नेपाल समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

नेपालले समूह बी को उपविजेतासंग सेमिफाइनल खेल्नेछ । नेपालले भारत वा माल्दिभ्स प्रतिद्धन्द्धी पाउने छ । नेपालको सेमिफाइनल खेल आगामी बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ