arrow

साफ कप फुटबलमा नेपालको भाग्य जाँचिदै, बंगलादेशविरुद्ध भिडन्त 

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
nepal-football.jpg

काठमाडौं । बंगलादेशमा भइरहेको साफ सुजुकी कप फुटबल अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । 

बंगबन्धु स्टेडियममा साँझ ६ः४५ बजेदेखि नेपालले खेल्दै गर्दा नेपाल जितको निर्विकल्प स्थितिबाट मैदानमा प्रवेश गर्नेछ । 

नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछन् । 

समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण रहने छ ।


गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने हुँदा पहिलो खेलले धेरै हदसम्म अर्को चरणको बाटो केही साँघुरो पार्नेछ । 

पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जित हात पारे पाकिस्तानको अघि बढ्ने सम्भावना बलियो हुनेछ । भुटानसँग पाकिस्तान पराजित भए नेपाल र बंगलादेशले बराबरी खेले दुवै टोलीले अन्तिम चारमा स्थान बनाउने छन् । 

बंगलादेशमाथिको जितले नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ ।

बंगलादेशसंग पराजित भए नेपालको यात्रा गोल अन्तरमा नै भर पर्नेछ । 

बंगलादेशले सतप्रतिशत नतिजा निकाल्दै आएको छ भने नेपालले भुटानलाई ४–० ले हराउँदा पाकिस्तानलाई २–१ को नतिजा सुम्पेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ