arrow

युएस ओपनः नाडाल सेमिफाइनलमा प्रवेश

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
nadal-us-open-2018.jpg

न्यूयोर्क। युएस ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको खेलमा राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन्। युएस ओपनका वर्तमान च्याम्पियन नाडालले डोमिनिक थाइमलाई ३–२ सेटको अन्तरले पराजित गरे।

करिब ४ घण्टा ४९ मिनेटको सङ्घर्षपूर्ण उक्त खेलमा नाडालले थाइमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ सेटमा पराजित गरेका हुन्। योसँगै नाडाल सातौं पटक युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्।

विश्व नं. १ खेलाडी नाडाल चौथो पटक युएस ओपन जित्ने प्रयासमा छन्। उनले हालसम्म १८ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ