arrow

प्रधानमन्त्री ओलीले भारत र चीनसंग राख्ने प्रस्ताव यी हुन्

नेपाल, चीन, भारत आफ्नै प्राचीन इतिहास र सभ्यता बोकेका मुलुक

logo
खगेन्द्रराज सिटौला,
प्रकाशित २०७२ फागुन ५ बुधबार
khagendra-raj-sitoula.jpg.jpeg.jpeg
नेपाल, भारत र चीन मिलेर त्रिदेशीय आर्थिक मन्च गठन गरेमा तीन देशलाई मात्र होइन एशिया र बाँकी विश्वलाई पनि लाभ हुन सक्छ। दुई विशाल जनसंख्या र एशियाका उदियमान आर्थिक शक्तिकोरुपमा तीब्र गतिमा अघि बढिरहेका चीन र भारतसंग हातेमालो गरेर अघि बढने आर्थिक मन्च बनाउन नेपालले पहलकदमी लिने र दुई ठूला छिमेकीलाई सहमतिमा ल्याउन सकेमा नेपालको लागि भने धेरै लाभदायक हुन सक्छ। दुई ठूला देशका वीचमा उभिएर हातेमालो गर्दै अघि बढ्न सकेमा नेपालको विकासमात्र होइन शान्ति र एकतामा पनि योगदान पुग्दछ। यो प्रस्ताव नेपालले अघि बढाउनु पर्दछ निकट भविश्यमा नेपालका प्रधानमन्त्रीको भारत र चीनको भ्रमणको अवसरमा।
 
नेपाल, चीन, भारत आफ्नै प्राचीन इतिहास र सभ्यता बोकेका मुलुक हुन्। भूगोल, हिमाल वा नदीले मात्र जोडिएका मुलुक नभएर धर्म सांस्कृति र दर्शनले समेत जोडिएका मुलुक हुन चीन, भारत र नेपाल। राजनीतिस्तरमा मात्र नभएर जनस्तरमा समेत निकट सम्बन्ध भएका यी पुराना मुलुकहरुको छुट्टै आर्थिक संगठन बनाउन सकेमा लामो सभ्यता इतिहास र व्यापारको नविकरण र आधुनिककरण पनि हुनसक्छ। नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसंगको व्यापारको इतिहास धेरै लामो छ। वर्तमान भारत र नेपालको भूगोल भित्र प्राचीन कालदेखि साझा आध्यात्मिक चिन्तकले ज्ञानको ज्योति बालेको र त्यो ज्योतिले विश्वलाई नै ज्ञान र शान्तिको प्रकाश दिइरहेको छ।
 
एशियाका ज्योति भनेर विश्वले सम्मान दिएका अहिंसा र शन्तिका प्रयाय भगवान गौतम बुद्घ जन्म, ज्ञान र धर्मको हिसावले पनि नेपाल भारत र चीन जोडिएका छन्। भगवान गौतम बुद्घ नेपालमा जन्मिए, भारतमा बुद्घत्व प्राप्त र देह त्याग गरे भने चीनको तिब्बत हुँदै चीनमा नेपाली राजकुमारी भृकुटी मार्फत बुद्घधर्म भएर फैलिए। यसरी नेपाल भारत चीन गौतम बुद्घले पनि जोडिएका छन्। नेपाल, भारत, चीनलाई भूगोलले मात्रै होइन 
आध्यत्मिकताले कसिलोसंग जोडेको दृष्टान्त गौतम बुद्घ मात्र होइन। हिन्दुहरुका महादेवको वासस्थान रहेको कैलाशकुट पर्वतले पनि नेपाल भारत चीनलाई त्यसरी नै जोडेको छ। नेपाल र भारतका हिन्दुहरु नेपालमा रहेको पशुपतिनाथलाई शिर र भारतमा रहेको केदारनाथलाई शरिर मान्दछन। त्यसरी नै भारत र नेपालका लाखौं हिन्दुहरु शिवजीको पवित्र वासस्थान चीनमा रहेको कैलाश पर्वतलाई मान्दछन्। त्यसरी नै चीनको तिब्बतका बौद्घमार्गीहरु पनि कैलाश पर्वतलाई त्यतिकै आदर गर्दछन्।
 
यसरी नेपाल र भारतको मुटुमा र चीनको माटोमा रहेको पवित्र कैलाशकुट पर्वतको नाममा नेपाल, भारत, चीनको हित र जित हुने त्रिदेशीय आर्थिक मन्च वा संगठन गठन गर्नु भावनात्मक, आध्यात्मिक,राजनैतिक,व्यापारिक र व्यवहारिक हिसावले पनि सारै उपयुक्त हुन्छ। यस्तो आर्थिक मन्चले स्वभाविक रुपमा कमजोर र आकारमा सानो(भूगोल, आर्थिक दुबै) नेपालले बढि फाइदा लिन सक्छ। तर यसले चीन भारतलाई पनि कम फाइदा हुँदैन। नेपालको जलश्रोतमा मात्रै चीन भारत नेपालले साझा लगानी गरेमा तीनवटै देशले बहुत फाइदा लिन सक्छन्। नेपालमा ठूला बाँध बनाएर जलमार्ग, विद्युत सिचाई, कृषि पर्यटन उद्योग व्यापारबाट समेत तीनै देशले प्रतक्ष अप्रतक्ष लाभ लिन सक्छन्। सरकारी तथा निजी क्षेत्रका संयुक्त वा छुट्टा छुट्टै लगानीले तिनै देशका सरकार, जनता तथा लगानीकर्ता सबैले लाभ लिन सक्छन्।
 
आर्थिकरुपमा मात्र होइन कि राजनीतिकरुपमा पनि यो मन्च लाभदायक हुन सक्छ। एकपल्ट युद्घ गरिसकेका र आर्थिक प्रतिस्पर्धामा रहेका चीन भारतको राजनीति सम्बन्धलाई पनि थप निकट बनाउन मदत गर्दछ यस्तो त्रिदेशीय संगठनले। नेपालले राष्ट्रवादको नाममा चीन कार्ड वा भारत कार्ड खेल्नु भनेको आफैले नेपाललाई नै समस्यामा पार्नु हो भन्ने नेपालका सबै आर्थिक तथा राजनीति शक्ति तथा व्याक्तिले बुज्नु पर्दछ। वास्तवमा यस्तो मन्च नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेको नेपाल चीन र भारत दुबैसंग सन्तुलित सम्बन्ध राखेर बढ्नुमा नै नेपालको हितमा छ को सार्थकरुप हो। नेपालरुपी तरुलले दुबैतिरबाट मल र बल प्राप्त गरेर दुबैको हित र राष्ट्रिय स्वार्थलाई नोक्सान नपारी अगाडि बढ्नु भन्ने राष्ट्रनिर्माताको याने पृथ्वीविचारको मर्म नै नेपालको लागि यस्तो त्रिदेशीय आर्थिक मन्च हुनसक्छ। यो मन्च मार्फत नेपाल, भारत,चीन हातेमालो गरेर संगै अघि बढ्नु पर्दछ विकास,शान्ति र समृद्घिको बाटोमा।  
 
नेपालमा उभिएर पश्चिमा शक्तिहरुले, भारत, चीन विरोधी गतिविधि गर्ने कोशिसमा छन् धर्मनिरपेक्ष वा अन्य आवरणमा । नेपाल जस्तो बहुजातीय र छ्यासमिस बसोबास भएको मुलुकमा जातीय वा क्षेत्रीय मुद्घा उनीहरुको लागि सजिलो भएको छ। नेपालको यो प्रयोग सफल भयो भने यस्ता मुद्घा भारत चीनमा भित्र्याउन उनीहरुलाई सजिलो होस्। पश्चिमाहरुले धर्मनिरपेक्ष,जातीय तथा क्षेत्रीय मुद्घा उचाल्न नेपालमा ठूलै लगानी गरेका छन्। यसको उद्देश्य नेपालमा टेक्ने उत्तर र दक्षिणका ठूला मुलुकलाई रेट्ने नै हो। यदि माथि भनिए जस्तो त्रिदेशीय आर्थिक मन्च बनेको खण्डमा यस्ता पश्चिमा षडयन्त्र पर धकेलिन्छन्। यसले तीन देशको मात्र होइन एशियाको र विश्व कै शान्ति, स्थाइत्व र समृद्घिमा योगदान पुर्‍याउदछ। 
बार बुँदे सहमति इण्डो वोएस्टधार हो। यो नेपाल, भारत चीन विरोधीधारलाई नेपाल भारत तथा चीनको एकता र सहकार्यले मात्र परास्त गर्नसक्छ। त्रिदेशीय कैलास आर्थिक मन्च गठन गर्ने र यसलाई सकृय बनाउने हो भने तिनै देशका आपसी सम्बन्ध सुमधुर र तनावरहित हुनु पर्दछ। यसलाई पूर्वशर्त भने पनि हुन्छ।
 
भारतसंग नेपालका केही सिमानाका गुनासाहरु छन्। ति गुनासाहरुलाई भारतले ऐतिहासिक तथ्यको आधारमा उदारतापूर्वक सम्बोधन गर्नु पर्दछ। ता कि नेपाल भारत बीचमा तनाव बढाउने वा गुनासा या द्वन्द बढाउने कुनै मुद्घानै नरहुन्। केही दशक अगाडि नेपालमा व्यवसाय गर्न आएका उसकै शब्दका भारतीय मुलका हुन् या भारतसंग भेष, फेस,मेस, मिल्ने भाषिक तथा साँस्कृतिक समुदायलाई काखी च्याप्ने र उक्साउने काम गर्नु हुँदैन। जसरी चीनले उत्तरतिरका वासिन्दालाई उक्साएको छैन भारतले असल छिमेकीको लागि नेपाल चीन उदाहरणीय सम्बन्धबाट पाठ सिक्नु पर्दछ।
 
लिपुलेकको समस्यालाई ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको सार्वभौमिकता भारत र चीन दुबैले स्वीकार्नु पर्दछ र लिपुलेकलाई त्रिदेशीय कैलाश मञ्चको लागि व्यवसायिक केन्द्र बनाउन सकिन्छ। त्यस्तै भारत चीनका पनि सीमा लगायत अन्य विवादित मुद्घाहरुलाई शिथिलिकरण गर्न दुबै मुलुकले विशेष पहल गर्नु पर्दछ। किनभने तिनै देशको बीचमा सुमधुर सम्बन्ध भएमा मात्र आर्थिक मुद्घामा ध्यान जान सक्छ। सहज वातवरण भएमा मात्र आर्थिक मुद्घाहरुले सफलता प्राप्त गर्न सक्छन्। यो त्रिदेशीय मन्च उदाहरणीय सफल भएमा अन्य छिमेकी मुलुकहरु पनि यस्ता मन्च निर्माणमा सकृय हुन पुग्छन्। यसले विश्वमा शान्ति कायम राख्दै विकास गर्न सहयोग पुर्‍याउँदछ।
 
आधुनिक नेपालको स्थापनाकाल देखि नै नेपालको बहुजातीय उपस्थिति र संस्कृतिलाई सम्बोधन हुनेगरी यसका संस्थापक पृथ्वीनारायण शाहले नेपाल सबै जातको फूलबारीको उद्घोस भएको हो। यसको अर्थ र मर्म सबैको हक र हैसियत बराबरी भन्ने नै हो। निहित निजी स्वार्थ वा अन्यको उक्साहटमा जातीय वा क्षेत्रीय विवाद चर्काउने कामले कसैको हित गर्दैन। फूलबारी पहिचानको नाममा गमलाबारीमा रुपान्तरित भएर एक आपसमा जुधेर सबै चकानाचुर हुने बाटोमा कोही लाग्नु हुँदैन। यस्तो धार र प्रवृतिलाई नेपालका छिमेकीहरुले कुनै हालतमा प्रोत्साहन गर्नु हुदैन । नेपालमा लाग्ने यस्तो जातीय आगो बढ्यो भने यो प्रवृतिको आगो छिमेकमा पनि फैलन सक्छ र उनीहरुलाई पनि पोल्छ जलाउछ। यसले आर्थिक विकासमा गम्भीर नोक्सान पुर्‍याउदछ तिनै देशलाई। माथि उल्लेख गरिएको जस्तो आर्थिक मन्च बनाउन र बढाउन यस्ता अवान्छित गतिविधि वाधक हुने हुनाले सम्बन्धित सबै सचेत हुनु पर्दछ। र सबै मिलेर यस्तो धारलाई निरुत्साहित गर्नै पर्दछ। तर समान हक, सामाजिक न्याय र समृद्घि दिन भने सबै सचेत र एकमत हुनु पर्दछ।  
 
नेपाल, भारत चीनलाई शिव भुभि भनेर चिनौं। शिवजीले बास गरेको, डुलेका, खेलेको भूमी हो। शिवभूमी भनेको अन्याय नगर्ने अन्याय गर्नेको विरुद्घ जमेर लड्ने र त्यसलाई परास्त गर्ने हो। विगतमा नेपाल, भारत, चीन तिनै देशले त्यसै गरेका छन्। शिवजीले योग शाश्त्र विकास गरेको यो योग भूमी पनि हो। यो योग शाश्त्रले पनि नेपाल,चीन, भारतलाई राम्ररी जोड्न सक्छ। त्यसरी नै माथि भनिए जस्तै नेपाल, भारत, चीन बुद्घ भूमी पनि हुन्। बुद्घ जन्मिएको भूमी नेपाल, बुद्घत्व जन्मिएको भूमी भारत र बुद्घत्व फैलिएको भूमी चीन भएकोले बुद्घ र बुद्घत्वद्वारा पनि यी तिन देश जोडिएका छन्। यसरी सागर देखि सगरको शिर उच्च हिमालयलका पवित्र जलाधारले समेत जोडिएका नेपाल, भारत, चीन त्रिदेशीय कैलाश आर्थिक मन्च मार्फत जोडिएर इतिहासको नविकरण गर्ने महान दाइत्वमा एकजुट हुनुपर्दछ।
 
पश्चिमा संस्कृति भनेको तोड्ने संस्कृति हो भने पूर्वीय संस्कृति भनेको जोड्ने संस्कृति हो। योग भनेकै जोड्ने संस्कृति हो। पूर्वीय योगशाश्त्रका नायक शिवजीको पवित्र वासस्थान कैलाशको नामबाट नेपाल, भारत, चीन जोडिएर नयाँ आर्थिक मन्च बनाएर अघि बढेमा यो आफैमा सत्यं शिवम् सुन्दरम् हुनेछ। जोडिएको नेपाललाई तोडेर कृतिम संघियतामा लाने काममा भारत, चीनको प्रतक्ष अप्रतक्ष भुमिका हुनु हुदैन। अधिकार विकास र समृध्दि दिने हो जनतालाई विभाजन र द्वन्द दिने होइन। नेपालमा जातीयता र क्षेत्रीयता विवाद र विभाजन बढाउने मोडलका संघीयता चाहिदैन। यस्ता संघियता र धर्मनिरपेक्षमा पश्चिमा शक्तिले उपस्थिति र शक्ति बढाउने कुरा भारत र चीनले पनि बुझ्नु पर्दछ। यो उनीहरुको हितमा पनि छैन।
 
पवित्र गंगा र ब्रम्हपुत्र नदीका जलाधारले जोडिएका यी तीन देश नेपाल,भारत र चीनको एकता साचै नेपाल र भारतको मुटुमा र चीनको माटोमा रहेको भोलेबाबा शिवजीको बासस्थान कैलाश जस्तै पवित्र र संसारको शिर सगरमाथा जस्तै उच्च भएर रहने छ भन्ने विश्वास लिन सकिन्छ सबैले अर्काको कुभलो नचिताई असल छिमेकीको धर्म नछोडेमा। तीनबटै देशलाई चेतना भया। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ