काठमाडौं । मलेसियामा भइरहेको एसिया कप छनोट क्रिकेटको चौथो खेलमा नेपालले आइतबार बिहान सिंगापुरसंग खेलिरहेको छ । सिंगापुरले टस जितेर ब्याटिङ गरिरहेको छ ।
यसअघि नेपालले मलेसियालाई १९ रनले हराएको थियो भने युएई र ओमानसंग हार बेहोरेको थियो ।
नेपालले एसिया कप छनोटको आशा जिवितै राख्न सिंगापुर र खेल्न बाँकी हङकङलाई हराउनै पर्ने हुन्छ ।
तर अन्य टिमको नतिजा महत्वपूर्ण हुन्छ । ओमानको ६ अंक छ भने हङकङ र युएईको ४–४ अंक छ । मलेसिया र नेपालको मात्र २–२ अंक छ । अंक नै नजोडेको सिंगापुर बाहिरिइसकेको छ ।
अहिले ओमानले हङकङसंग र मलेसियाले युएईसंग खेलिरहेको छ ।
ओमानको जितले फाइनलमा पुग्नेछ । हङकङको जितले नेपालको यात्रा अप्ठेरो हुनेछ ।