कांग्रेसबाट जीतेका मंगलसेनका वडा अध्यक्षको जनप्रिय कामः शनिवार पनि सेवा दिने
भवानी प्रसाद भण्डारी,
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
792
Shares
अछाम। नेपाली कांग्रेसबाट निर्वाचित अछामको मंगलसेन नगरपालिका वडा नं ६ का वडा अध्यक्षले शनिवार पनि जनतालाई सेवा दिने जनप्रिय निर्णय गरेका छन्। वडा अध्यक्ष जनकराज भण्डारीले वडा कार्यालयबाट शनिबार पनि सेवा दिन सुरु गर्ने निर्णय गरिएको बताए।
वडा अध्यक्ष भण्डारीले नागरीकलाई विस्तारित सेवा दिन शनिबार पनि कार्यालय संञ्चालन गर्न लागिएको बताए।
वडा भित्रका शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका जनताका आवश्यकतालाई परिपूर्ति गर्न आफु लागी परेको वडा अध्यक्ष भण्डारीले बताए ।
केहि समय पहिले वडालाई निशुल्क शिक्षा र पोषणयूक्त वडा घोषणा गरिएको छ। पानीको हाहाकर रहेको वडाको ठुलासैन बजारमा करीब १ साता अघिदेखी डिप बोरीङबाट पानी निकाल्न कार्यमा सफलता मिलेकोमा अध्यक्ष भण्डारीले सन्तोष प्रकट गरे।
लामो समयदेखिको खानेपानीको समस्यालाई हल गरि जनतालाई खानेपानीको आपूर्ति गराउन सफल भएकोमा स्थानियले पनि भण्डारीलाई धन्यवाद दिएका छन्।
वडामा बिद्युत बिस्तारको काम पनि भैरहेको छ। जनतालाई अध्याँरोबाट मुक्त गर्न आफ्नो नगर र वडाबाट पहल भइरहेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए।