arrow

एसियाकप छनाेटमा नेपालको लगातार दोस्रो हार, यूएईसँग ७८ रनले पराजित 

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
asia-cup-qualifying.jpg

काठमाडौं । एसिया कप छनोटअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । विहीबार भएको खेलमा यूएईसँग नेपाल ७८ रनले पराजित भएको हो । २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १७६ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि सुवास खकुरेलले अर्धशतकीय पाली खेले । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए भने सोमपाल कामीले अविजित २७ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका मोहम्मद नाभिदले ३ तथा अहमद राजाले ४ विकेट लिए । त्यसैगरी अमिर हायातले २ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २५४ रन बनाएको थियो । 

चिराग सुरीले ६५ तथा अद्नान मुफ्तीले ४६ बलमा नटआउट रहँदै ५७ रन बनाएका थिए । 
सन्दीपले ४ विकेट लिएका थिए । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यसैगरी बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिएका थिए । 

यससँगै एसिया कप खेल्ने नेपालको सपना सम्भावना कमजोर बन्न पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ