arrow

नेपाललाई युएईले दियो २५५ रनको चुनौतीः सन्दीप, बसन्त र सोमपाललाई विकेट

पारस, दीपेन्द्र र करण चुके 

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
asia-cup-qualifying.jpg

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले विजयका लागि २५५ रनको चुनौती पाएको छ ।

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २५४ रन बनाएको थियो । 

चिराग सुरीले ६५ तथा अद्नान मुफ्तीले ४६ बलमा नटआउट रहँदै ५७ रन बनाए । 

नेपालका लागि पहिलो खेलमा ओमानविरुद्ध एक विकेट पनि नलिएका सन्दीप लामिछानेले युएईविरुद्ध भने निकै राम्रो बलिङ गरेका छन् । 

सन्दीपले ४ विकेट लिएका छन् । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् । 

त्यसैगरी बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए । कप्तान पारस खड्का, करण केसी र दीपेन्द्र सिंह ऐरीले विकेट लिएनन् । 

युएई ओमानभन्दा सशक्त देखिएको छ । 

पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो । युएईले सिंगापुरलाई २१५ रनले हराएका थियो । 

नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।

बिहिबार सिंगापुरले हङकङसंग र आयोजक मलेसियाले ओमानसंग खेलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ