प्रधानमन्त्री अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत : कांग्रेस
प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन विश्वको कुनै मुलुकमा छैन
प्रकाशित २०७५ भदौ ५ मंगलबार
656
Shares
महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।
नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ ।
प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्री अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत भएको जिकिर गरे।
कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाए ।