सरसफाइ गर्न आएका विद्यार्थीलाई कामपा २९का वडा अध्यक्षले बोले अपशब्द
प्रकाशित २०७५ भदौ २ शनिबार
465
Shares
काठमाडौं। लामो समयदेखि राजधानीको फोहोर उठ्न नसकेपछि सडकको फोहोर उठाउन तम्तयार भएका विद्यार्थीहरुलाई हौसला दिनु त कता हो कता काठमाडौं महानगरपालिकाका वडा अध्यक्षले उल्टै अपशब्द बोलेर चित्त दुखाएका छन्।
कामपा २९ वडाका अध्यक्ष कमल रानाको अभद्र व्यवहारले सबै चकित् भए। वडा २९ का स्थानियबासी वडा अध्यक्षको व्यवहार र आफ्नो कामप्रति लार्पबाही देखेर चिन्तित समेत भए।
वातावरणः जिउने आधारका अभियन्ता विद्यार्थी भाइ वहिनीहरुले वडा नम्वर २९ स्थित धोबिखोलामा तीन महिनादेखि जम्मा भएको फोहोर महानगरपालिकाको वातावरण विभागद्वारा पठाइएको गाडिसँग मिलेर उठाए।
फोहोर उठाएका विद्यार्थीहरुले जब फोहोर उठाउने ठेकेदारको बारेमा सोधपुछ गरे तब वडा अध्यक्ष रानाले अपशब्द बोलेर उनीहरुको चित्त दुखाए।
वातावरणमा सुधारको लागि आफूहरु दुखसुख सहेर भएपनि अघी बढ्ने संस्थाका अध्यक्ष आकाश चौहानले बताए। कार्यक्रममा स्थानियबासीहरुले पनि सहयोग गरेका थिए। उनीहरुले वडाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे।
तीन महिनासम्म फोहोर नउठाउदा पनि वडा प्रशासन भने चुप लागेर बसेको गुनासो संस्थाकी महासचिव सम्झना गिरीले गरिन।
सरसफाइमा खटिएका यूवा विद्यार्थीहरुको भने स्थानियबासीले खुलेर प्रशंसा गरेका थिए।
सबिना जमरकटेल, करुण काफ्ले, सृजना क्षेत्री, सन्ध्या उपाध्यए, सङ्गिता बस्याल, म’ध पौडेल, मिना थापा, अङ्किता चौधरी, प्रबिना रावत र बिना विष्ट लगायत सरसफाइमा जुटेका थिए।
वडाले र फोहोर उठाउने ठेकेदारले धेरै लापर्बाही गर्दा पनि आम जनता चुप लागेर बसेकोमा जनताको पनि गल्ति रहेको सहभागिहरुको भनाइ थियो।